एजेन्सी– भारी वर्षा र बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको त्याहाका समाचारमा जनाइएको छ । त्याँहा केही दिनदेखि भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।
रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो ।यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १३:४४