काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी सिटिजन्स मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।
बैंकका ग्राहकहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछ ।
यस सेवा प्रयोग गरी ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको शाखा तथा १२,००० भन्दा बढि एजेन्ट/सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १३:२७