एजेन्सी– चर्चित हलिउड फिल्म पाइरेट्स अफ द क्यारिबियन्समा अभिनित अभिनेता र तीन पटक ओस्कारमा मनोनित भएका जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् ।
अदालतले एम्बर हर्डलाई जोनी डेपलाई मानहानी गरेकोमा लागि १५ मिलियन क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यसमा १० मिलियन डलर क्षतिपूर्तिको रूपमा दिइनेछ भने एम्बरले ५ मिलियन डलर एम्बरलाई दण्डको रुपमा तिर्नुपर्ने हुन्छ ।
्अदालतले जोनी डेपले उनको मानहानि नगरेको ठहर गरेको छ, यद्यपि तेस्रो मुद्दामा अदालतले जोनी डेपले आफ्ना वकिलमार्फत एम्बर हर्डको मानहानि गरेको पायो, यसका लागि अदालतले उनलाई मानहानिका लागि दुई मिलियन डलर भुक्तानी गर्न आदेश दिएको छ ।
जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालतको मुद्दा विगत ६ हप्तादेखि चर्चामा चलिआएको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १०:०१