काठमाडौं- काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका हुन् ।
जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले भने–‘अनुसन्धानको कुरा हामिले भन्न मिल्दैन ।’
१० दिनसम्म घटनामा संलग्नहरु पक्राउ पर्न नसक्नुमा उनीहरु व्यवसायिक लुटेरा हुनसक्ने बताइएको छ ।
सिसिटिभी फुटेजका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १३:०८