एजेन्सी- दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण तेस्रो दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन डढेलो व्यापक रुपमा फैलिएको त्याँहाको सञ्चार माध्यमले जनाईएको छ ।
आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको यक्किन विवरण भने अहिलेसम्म बाहिर नआएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १५:४५