एजेन्सी- बेलायतमा मंकीपक्स संक्रमितको संख्या थपिदै गएको छ । हाल बेलायतमा थप ७१ जना संक्रमित भेटिएका छन् ।
योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ ।
मंकीपक्सको संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । मंकीसक्स संक्रमित जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ ।
सावधानीको रूपमा संक्रमणपछि पनि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १६:०३