काठमाडौं- संघीय सरकारमार्फत झापाका १५ पालिकालाई ७ अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७९र८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई ४ अर्ब ९६ करोड ४ लाख र सात गाउँपालिकालाई २ अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो ।
अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसंख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी ८३ करोड ५८ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा थोरै अर्थात् ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ ।
यस्तै, अर्जुनधारा नगरपालिकाको ४९ करोड ४२ लाख, गौरादहलाई ५० करोड ९७ लाख, दमकलाई ७१ करोड ५१ लाख, बिर्तामोडका लागि ७० करोड ७९ लाख, भद्रपुरका लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाका लागि ५७ करोड १४ लाख विनियोजन भएको छ ।
सात गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई ४७ करोड, २४ लाख विनियोजन भएको छ ।
कचनकवलका लागि ३८ करोड ३६ लाख, कमलका लागि ४७ करोड २४ लाख, गौरीगञ्जका लागि ३२ करोड ६९ लाख, झापाका लागि ३७ करोड ६ लाख, बाह्रदशीका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि ३९ करोड १५ लाख रकम बजेट विनियोजन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १४:०५