मस्को- रूसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ ।रुसले २४ फेब्रूवरीमा युक्रेनमाथि हमला सुरू गरेको थियो । यसबीचमा रूसले महत्त्वपूर्ण शहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।
रूसले राजधानी किभलगायतका महत्त्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ ।
रूसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरूले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।
अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ । पूर्वी दोनबास क्षेत्रमा रूसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ ।
युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रूसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १६:२४