काठमाडौं- विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” भन्ने नाराका साथ साईकल ¥यालिको आयोजना सम्पन्न गरेको छ ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल ¥यालीमा बैंकका सस्थापक र सञ्चालक , प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ , बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल ¥याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा यस साईकल ¥यालिमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १३:४९