काठमाडाैं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेशमा मुसहर जातीको समुदायलाई भाडाकुडाँ हस्तान्तरण गरेको छ ।
मिति २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको यस प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले १४ औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेशको अवसरमा मिति २०७९ साल जेष्ठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवाका मुसहर जातीको समुदायलाई भाडाकुडाँ हस्तान्तरण गरेको हो ।
अति सिमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवाका नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा कम्पनीबाट भाडा कुडाँ हस्तान्तरण गरेकाे हाे ।
कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । कम्पनीका अनुसार ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।
ग्राहक मैत्रि सेवामा जोड दिँदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास कम्पनीले गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।