काठमाडाैं - विश्वका टेक प्रतिभाहरु आमन्त्रणा गर्दै मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन भैरहेकाे छ । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा प्रविधि प्रेमीहरुलाई प्रतिभा परिक्षणको अवसर दिन ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको हाे ।
ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ ।
प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको बताइएकाे छ ।
ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” सँग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोगमार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्ने बताइएकाे छ ।
आयाेजकका अनुसार ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् ।
प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्रतिस्पर्धा गर्ने हकाथन हो ।
एक सहभागीको रुपमा जहाँ भएपनि हाइब्रिड मोड हकाथनले कार्यक्रममा सामेल हुन सजिलो बनाएको छ । जुन देखि अगस्ट सम्म, यसमा प्राविधिक ग्यारेजहरुको श्रृङ्खलाहरु हुनेछन् जसले शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट ईन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् ।
विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर हो । ४०,००० डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि परियोजनामा लगानी गर्न र वास्तविक संसारमा लागु गर्न एउटा मौका रहेको बताइएकाे छ ।
ओप्पोह्याक ले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरुमध्ये एक छनौट गर्नु पर्नेछ ।
फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता oppohack.com. मा आवेदन दिन सकिने जनाइएकाे छ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १७:३७