काठमाडाैं- सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम चितवनको सौराहा,लम्जुङ शाखा र काठमाडाैंमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानका साथ सम्पन्न गरेको हाे ।
मूख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, साखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लम्जुङ साखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।
जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न गइरहेको जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १८:२७