काठमाडौं- नेपाली बजारमा सोमबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ ११:१२