काठमाडौं-‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । यस कार्यक्रमलाई आइसी कलेजले फेसनले शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाही भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनौट आगामि ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ ।
फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसज शोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर नेपाल आउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १२:११