काठमाडौं- गायक सञ्जय श्रेष्ठले आगामी मंसिरमा हुने संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । । उनले काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनावदलड्ने र पार्टीले टिकट दिन नसकेको खण्डमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।
गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु । बाँकी तपाईंहरुको साथ र विश्वास ।’
२०७० को चुनावमा पनि राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनी सो समय पराजित भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १२:३८