काठमाडाैं- लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ ।
५०औँ विश्व वातावरण दिवसको अवसर पारेर हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन खाता खोल्ने सेवा, भिडियो–KYC र डिजिटल बैंकिङ् जस्ता सेवाहरुको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहिन बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ ।
यस खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्ने जनाइएको छ । लक्ष्मी बैंकको “एक खाता, एक रुख“ को प्रतिबद्दता अनुरुप “गो ग्रीन“ अभियानमासहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताको वापत बैंकले एउटा रुख रोपेको छ ।
ग्रीन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएकव छ।
लक्ष्मी बैंकका अनुसार ओरेन्ज लभ्स ग्रीनको दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले PCAF(कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १३:४२