आडेन- यमनको सरकार र त्यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यमनको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ ।
समाचारमा जनाइएअनुसार बाटोहरु हुथी विद्रोहीहरुले बन्द गराएकामा ती बाटोहरु खुलेर वार्ताका लागि बसेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ ।
यमनको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता हुन लागेको हो ।
त्यहाँ हुथी विद्रोहीहरुले कैयाैं वर्षदेखि हिंसा जारी राखेका छन् । जसका कारण त्यहाँका हजारौँ नागरिकको ज्यान गएको छ । त्यहाँको विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ ।
आइतबारबाट सुरु भएको वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा त्यहाँका हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १४:१६