चितवन- ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् ।
यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्सम्बन्धी सचेतना र्यालीको पनि आयोजना गरेको छ ।
उक्त सचेतना र्याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइट स्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको बैंकले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ ११:०४