काठमाडाैं - युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सोमबार अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कुनै निर्जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा त्यस सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पनी र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
डिडिए गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ताको नियुक्ति र निजको पारिश्रमीत तोक्ने लगायतका मर्जर सम्बन्धी सम्पुर्ण अन्य आवश्यक प्रकृया पुरा गर्न पनि सञ्चलक समितिलाई अख्तियारी प्रदान गरेको जनाएकाे छ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकहरुको समेत चयन भएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट रवि भक्त श्रेष्ठ, राज रिमाल, दिपक ओली र प्रियंका श्रेष्ठ रहेका छन् । यस्तै सर्वसाधारण शेयरधनीहरुमा विलसन मान रंजित र रबिन्द्र राज पन्त निर्विरोध निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ ११:४६