काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १२:०८