एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ पार्टी भित्र ल्याइएको अविश्वासको प्रस्ताव जितेका छन् । जोनसनको कन्जरभेटिभ पार्टीका धेरै सांसदहरूले आफूहरूलाई जोनसनको पार्टीमा नेतृत्व नचाहेको भन्दै पत्र लेखेका थिए ।
प्रधानमन्त्री जोनसनले ५९५ भोट जितेका छन् । यसको अर्थ यो हो कि अब अर्को एक वर्षका लागि पार्टीमा उनलाई कसैले चुनौती दिन सक्दैनन् ।
कन्जरभेटिभ पार्टीका २११ सांसदले प्रधानमन्त्री बोरिस जोन्सनको पक्षमा मतदान गरे भने १४८ सांसदले विपक्षमा मतदान गरे ।
अविश्वास प्रस्तावको नतिजाले जोनसन प्रधानमन्त्रीकै पदमा रहिरहने स्पष्ट पारेको छ, तर आलोचकहरूका अनुसार जोनसनविरुद्ध बढेको विद्रोहले उनको पकड कमजोर भएको देखाउँछ ।
जोनसनको पक्षमा आएको भेटको सेयर पूर्व प्रधानमन्त्री थेरेसा मेविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको बेला प्राप्त भोटभन्दा कम छ । सन् २०१८ मा थेरेसा मेले ६३ प्रतिशत मत पाएकी थिइन् ।
बोरिस जोनसनले कोरोना महामारीका बेला नियम उल्लंघन गरेको र डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्दै आलोचना भइरहेको छ ।
बोरिस जोनसनले बेलायतमा लकडाउनको समयमा पार्टीमा गएर नियम तोडेकोमा माफी पनि मागेका छन् । तर, यो मामिला शान्त भएन र धेरै सांसदहरूले बोरिस जोनसनलाई पद छोड्न दबाब दिन थाले ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १२:४२