एजेन्सी- अमेरिकामा दुई वर्षीय छोराले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् ।
गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १३:५७