एजेन्सी- प्रत्यक वर्षको जुनमहिनामा हुने चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ कोरोनाका कारण स्थगित भएको छ । छ ।
आयोजकले बताए अनुसार महोत्सव आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ । आयोजकले फेस्टिभल स्थगित गर्नुपरेकोमा क्षमासमेत मागेका छन् ।
‘यदि कोरोनाबाट केही राहत मिल्यो र सर्तअनुसार सञ्चालनका लागि अनुमति मिल्यो भने दोस्रो ६ महिनामा प्रासंगिक फिल्म समारोह र थिम वाला कार्यक्रमहरुको योजना बनाइनेछ । त्यसैअनुसार फेस्टिभलको आयोजना गरिनेछ ।’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जनवरी २०२० को अन्त्यदेखि जुलाई २०२१ सम्म चीनमा कोरोना महामारीको दर उच्च थियो । यही बेला लकडाउन लागू गर्दै सबै फिल्म हल बन्द गरिएका थिए । कोरोना संक्रमण विस्तारै घटदै गएपछि सबै खुला गरिएको थियो ।
तर कोरोनाका डेल्टा भेरियन्ट आएपछि पुनः चीनमा लकडाउनको अवस्था आयो । यद्यपि १ जून २०२२ मा संघाई पुनः खोल्न अनुमति दिए पनि अहिले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नयाँ नियम लागू गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १५:२०