काठमाडौं- नेपाली बजारमा बुधबार सुन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ ११:१५