एजेन्सी- भारतमापब्जी खेल्न नपाएपछि १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरेको बताइएको छ । त्यसपछि उनले आफनो १० वर्षिय बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए ।
हत्यापछि आमाको शवसँगै उनी तीन दिनसम्म घरमै बसे । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि उनले बुबालाई फोन गरेर आमाको हत्या गरेको जानकारी दिएका हुन् । बुबाको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।
उनका बुबा नवीन कुमार सिंह सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् ।
छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर पठाए ।
प्रहरीले मोबाइलमा गेम खेल्न नपाएपछि हत्या गरेको दावी गरेको छ । प्रहरीले साधनाको शव नजिकै नवीनको लाइसेन्स पेस्तोल फेला पारेको छ । पेस्तोलको म्यागजिन पूरै खाली थियो । प्रहरीले पोष्टमार्टम रिपोर्ट पछि हत्याको जााकारी पत्ता लाग्ने बताइएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ ११:३७