एजेन्सी- हलिउड स्टार जोनी डेपले पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि बर्मिंघमको भारतीय रेस्टुरेन्टमा खुशीयाली मनाएका छन्।
आइतबार साँझ बेलायतको बर्मिंघमस्थित एक भारतीय होटल पुगेका उनले नजिकका साथिभाईहरुसँग खुशी साटासाट गरेका थिए।
सो क्रममा डेपले ६२ हजार अमेरिकी डलर अर्थात ४८ लाख भारतीय रुपियाँको भारतीय खाना, खाजा तथा पेय पदार्थहरु पिएका थिए।
हलिउड न्युजका अनुसार भारतीय होटल संचालकले जोनी डेपको उपस्थितीसँगै २० हजार बर्ग फुटको रेस्टुरेन्ट बन्द गरेका थिए। त्यसपछि डेपले साथीहरुसँग बिना बाधा सुरक्षित रुपमा रमाइलो गरेका थिए।
सो होटलका संचालक मोहम्मद हुसेनले जोनी डेप त्यहाँ आउलान भनेर सोचेकै थिएनन्। फोन आउँदा पनि उनले पत्याएका थिएनन्।
तर जोनीका सुरक्षागार्डले आएर होटल हेरे, सुरक्षित भएको जानकारी दिएसँगै जोनी र उनका साथीहरु त्यहाँ पुगेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १६:०७