काठमाडौं- महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।रु.१००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी व्रmमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्नेछन् ।
ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १७:२२