काठमाडौं- नेपाली बजारमा बिहीबार सुन ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ११:१९