काठमाडौं- कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकार बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट भुक्तानी गर्दा १०% प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ११:५१