लागोस- नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् ।
नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो । ओन्डो राज्यका गभर्नर आरकुनरिननाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुगेको छ ।
ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।
ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ । रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।
ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ ।-सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ १४:४५