एजेन्सी- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसदबाट राजीनामा दिएका छन् ।
देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् । ‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न ।’ राजापाक्षेले पत्रकारहरूसँग भनेका छन् ।
आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ १४:५३