काठमाडौं- कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ १६:२७