काठमाडाैं - नेपालका १० वटा मान्यता प्राप्त ट्रेड युनियनहरुको साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ,जेटियुसीसीले ११० औँ अन्तराष्ट्रिय श्रम संगठनमा सुझाव दिएकाे छ ।
नेपाली श्रमिकको प्रतिनिधिको हैसियतले जेटियुसीसीका अध्यक्ष प्रेमल कुमार खनालले विहीबार सम्मेलनमा सम्बाेधन गर्दै नेपली समयानुसार दिउँसो २ः४० बजे अन्तराष्ट्रिय श्रम संगठन आइएलओको ११० औ अन्तराष्ट्रिय श्रम संगठनमा सुझाव दिएका छन् ।
सुझावहरु यस्ता छन् :-
१) गरिबी ,बेरोजगारी, अभावको दुष्चक्रलाई तोडन उत्पादनशील क्षेत्रमा व्यापक लगानी र रोजगारी विस्तार गर्ने रणनीति र कार्यक्रमलाई विश्वव्यापी रुपमा अगाडि बढाउनु पर्दछ। यसका लागि हरेक देशका सरकारहरु र रोजगारदाताले विशेष योजना बनाउन आवश्यक छ ।
२) श्रमिकको सामाजिक सुरक्षा कार्यक्रमलाई सघन रुपमा लागू गरिनुपर्दछ ।
३) अनौपचारिक अर्थतन्त्रलाई ओैपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्ने ठोस योजना अगाडि सार्नु पर्दछ ।
४) संयुक्त राष्ट्रसंघको दिगो बिकास लक्ष्य हासिल गर्न यस अन्तर्गतका कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने कार्यक्रम अगाडि सार्नु पर्दछ ।
५) आइएलओका अभिसन्धीहरुको अनुमोदन, यसको प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको पाटोमा विशेष कार्यक्रमका साथ अभियान संचालन गर्नु पर्दछ ।
६) आइएलओलाई सम्पूर्ण श्रमिकहरुको आस्थाको अन्तर्राष्ट्रिय संगठनको रुपमा विकास गर्न समयानुकूल यसलाई अझ बढी समावेशी, प्रजातान्त्रिक र श्रमिकहरुको समानुपातिक प्रतिनिधित्वको संस्थाको रुपमा विकास गर्न नीतिगत एवम् संरचनागत सुधार गर्न ध्यान दिनु पर्दछ ।
JTUCC Press Release_ILC Address, 2022