एजेन्सी- हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एन्जेलिना जोलीविरूद्ध मानहानीको मुद्दा हालेका छन्।
ब्राडले आफ्नो मिराभल वाइन्सको व्यवसाय र प्रतिष्ठामा पूर्वपत्नी एन्जेलिनाले क्षति पुर्याउने प्रयास गरेको आरोप लगाउँदै उनले अदालतमा मुद्दा दायर गरेको पेजसिक्स सञ्चार माध्यमले उलेख गरेको छ ।
एन्जेलिनाले यस अघि पूर्व पति ब्राड पिटविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् तर उक्त आरोप गलत प्रमाणित भएको बताइएको छ।
सन् २००४ मा एन्जेलिना र ब्राडको भेट ‘मिस्टर र मिसेस स्मिथ’ फिल्म छायांकनका बेला भएको थियो। त्यसपछि उनीहरूको भेट प्रेममा बदलियो र सन् २०१४ मा उनीहरूले बिहे गरे।
बिहे भएको दुई वर्षपछि नै मनमुटावका कारण एन्जेलिना र ब्राड एकअर्काबाट टाढिएका थिए । सन् २०१९ मा दुबैले आफूहरू अरू कोहीसँग सम्बन्धमा दाबी गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १६:४०