काठमाडाैं - यूनाइटेड इन्स्योरेन्सको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विहीबार यूनाइटेड इन्स्योरेन्सको २८ औँ वार्षिक साधारण सभामा संचालक समितिको अध्यक्ष पदका लागी रवि भक्त श्रेष्ठलाई निर्विरोध निर्वाचित गरि सम्पन्न भएको हो ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम अध्यक्ष रवि भक्त श्रेष्ठ ज्यूले श्री बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालक सदस्यहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १७:०१