काठमाडाैं - ओम हस्पिटलमा महालक्ष्मी बैंकका ग्राहकलाई छुट दिने भएको छ ।
बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे ओम हस्पिटलसँग ग्राहकलाई छुट दिने सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएकव छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १२:४८