काठमाडौं- सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता नै खतरामा परेको बताएका हुन् ।
‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो,’ रावलले भने, ‘यस्तै, सोही समयमा महाकाली सन्धी पनि भयो ।’ यस्तै, दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन् ।
‘यो गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ,’ रावल प्रश्न गर्छन्, ‘उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत । ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’ उनले भने, ‘उहाँ सात पटक प्रधानमन्त्री बन्दा नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १२:५०