एजेन्सी- फिलिपिन्सका रक्षामन्त्री लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएका छन् ।
राष्ट्रिय रक्षा विभागले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको बताएको छ। लोरेन्जानाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, अहिले म ठीक छु। यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु।
उनी अहिले आराम गरिरहेका छन् । उनी रिजाल पार्कमा स्वतन्त्रता दिवसको झण्डा फहराउने समारोहमा बेहोस भएपछि आराम गर्न सल्लाह दिइएको छ ।
लोरेन्जाना १९औँ साङ्ग्रिला संवादमा सहभागी भई आफ्ना विदेशी समकक्षीसँग भेट गरी आइतबार बिहान सिङ्गापुरबाट आइपुगेको समाचार एजेन्सीले जनाएको छ । उनी मनिलामा अवतरणपछि सिधै समारोहमा गएका थिए
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १४:५३