काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङको ताराखोला– २, अर्गल, नवलपुरको गैडाकोट– ३ ढोडेनी, बैतडीको पुर्चाैडी – ५, कुवाकोट, बाग्लुङको जैमीनी– ८अर्के छिस्ती, म्याग्दीको रघुगंगा– १बेगखोला, मकवानपुरको बागमती–६, फापरबारी र रोल्पाको रोल्पा– ३, सातदोबाटो, लुुंग्री– ३, जुटुङ्ग खोला, गंगादेव– १, ओत र परिवर्तन– ६ नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी १० वटै शाखारहित बैंकिङ्ग सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन गरिएको छ भने यस स“गै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आङ्खनो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने लगायतका सेवा दिने जनाएको छ । यसैबीच बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित रमाइलो डा“डामा १४९ शाखा स्थापना गरि सञ्चालनमा ल्याएको छ ।