रुपन्देही- लुम्बिनी प्रदेश सरकार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार बसेको प्रदेशसभाको १० औँ अधिवेशन अन्तर्गतको १० औँ बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १६:०१