काठमाडौं – शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आङ्खनो नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरू संचालनमा ल्याएको छ र नारायणघाटस्थीत यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । अन्य सर्भिस सेन्टरहरू काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्राण्डको रूपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरू प्रदर्शन गरिरहेको छ र नेपालमा आङ्खटर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आङ्खटर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरूको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’
यी सर्भिस सेन्टरहरू संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरूको प्रयोग बढेको छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गीरावटसँगै पर्याप्त पहुँचयोग्यताले हामीलाई नेपालमा एमआई ङ्खयानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।