काठमाडौं- माछा मार्ने क्रममा तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा दुईजनाको मृत्यु भएको छ ।
आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ मिलेर माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।
भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएको हो।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १३:०५