काठमाडाैं - ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट हुने भएको छ । बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० % छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने बताइएकाे छ ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० % छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १७:१२