काठमाडाैं - कुमारी बैंक र होटेल प्लाजाबीच सम्झौता भएको छ ।
बाँकेकाे कुमारी बैंक लिमिटेड र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता गरी ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो होटेलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५% छुट प्राप्त गर्न सकिने जनााइएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १७:२९