नेपालगञ्ज÷पछिल्लो समय आफ्नो जन्म दिनलाई सकारात्मक तथा सृजनशिल रुपमा मनाउने क्रम बढिरहेको छ । जन्मदिनलाई भड्किलो बनाउने संस्कार बिरुद्ध जन्मदिन सृजनशिल रुपमा मनाउन थालिएको हो । यसै क्रममा बास आबद्ध सदस्यहरुले जन्मदिनलाई सकारात्मक तवरले मनाउँदै आएका छन् ।
धेरैले जन्म दिनमा जन्म दिन भएका व्यक्तिलाई उपहार दिन्छन् तर बासकी लेखा अधिकृत प्रतिक्षा गिरीले भने आफ्नो जन्मदिनमा आफ्ना समकक्षि र अग्रजहलाई उपहार दिएकिछिन् त्यसमा पनि उपयोगी र सन्देशमूलक उपहार ।
उनले बासको केन्द्रीय कार्यालयमा २० बढि कार्यसमिति पदाधिकारी, सदस्य, कर्मचारी, स्वयंसेवक र परिवारका सदस्यहरुलाई भेला गरि कपडाको झोला उपहार दिईन् । प्लाष्टिकको झोला प्रयोग नगर्न आह्वान गर्दै उनले उक्त कपडाको झोला उपहार दिएकि हुन् । प्लाष्टिक प्रयोगको कमिले जलबायु परिवर्तनको असर न्यून हुने बिश्वास उनको छ । सृजनशिल सोचाईका साथ जन्म दिन मनाएको भन्दै बासका अध्यक्ष मन भण्डारीले गिरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा आईएनएफ, बाँके प्रमुख जीवन गिरी, रमेश रेग्मी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बरिष्ठ उपाध्यक्ष रज्जव अलि वागवान, कोषाध्यक्ष लुना बुढाथोकी, सचिव मञ्जु वोहरा, उपाध्यक्ष छविलाल सुनार, केन्द्रीय सदस्य तिला सुनार, बामदेव पोख्रेल, शिव कुमार बर्मा, उपनिर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शम्भु शाही, बिनोद शर्मा, कार्यक्रम सहायक खेम बिष्ट, असल शासन कार्यकर्ता शुद्ध चौधरी लगाएतको उपस्थिती थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १६:३२