काठमाडौं- नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पंखा पल्टिएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १३:१७