काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति दिएको छ ।एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो ।
एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ ।
यसका साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ । सुपर लिगबारे यसअघिदेखि नै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एन्फाबीच विवाद हुँदै आएको थियो । विवादकै कारण गत चैतमै हुने भनिएको टाइसिट ड्र स्थगित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १५:२७