काठमाडौं:फिफा विश्वकप फुटबल-२०२२ मा ३२ देश सहभागी हुने भएका छन् । १-० ले न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा छनोट भएसँगै कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको हो ।
विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई कोस्टारिकाले हराएकाे छ ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ । फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो ।
कुन राष्ट्र कुन समूहमा रु
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना