काठमाडौं- मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ बिक्री खुलाएको हो ।
हाइड्रोपावरको कूल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ छ । यस चुक्ता पूँजीको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ खुलाएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जानकारी दिएको छ ।
यो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का स्थानीयले आवेदन भर्न पाउँछन् ।
यसबाहेक, चुक्ता पुँजीको २० प्रतिशत ११ लाख ७६ हजार ७३ कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी १० लाख ९३ हजार ७४९ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याइएको बिक्री प्रबन्धक बीओकेले जनाएको छ ।
कम्पनीको प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ छ भने प्रति सेयर आम्दानी ७।९१ रुपैयाँ छ । यसैगरी, सञ्चित नाफा नोक्सान ५ करोड ४९ लाख रुपैयाँ छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ ११:५२