काठमाडौं - प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणमा सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।
बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।
सभामुखले २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १६:४८